टाउकोमा रगत जमेर अशक्त बनेकी सुमित्रा भट्टको उपचारका लागि सहयोगको याचना
=========================================
टाउकोमा रगत जमेर अशक्त बनेकी १६वर्षिया सुमित्रा भट्टको उपचारका लागि आवश्यक रकम नभएका कारण डाक्टरले भने अनुसार छोरीको उपचार गर्न नसकिएको भन्दै सुमित्राकी आमाले सहयोगको लागि याचना गरेकी छन ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४मा डेरा गर्दै सामान्य चिया पसल गरेर परिवारको पालन पोषण र छोरीलाई पढाउदै आएकी अम्बिका भट्टले भक्कानीदै छोरीको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेकी हुन ।
अम्बिकाका पति आर्थिक अवस्था कम्जोर भएकै कारण कमाई गर्न विदेश गएको समयमा उतै निधन भएको र छोरीहरुलाई आफुले दुःख गरेर पालनपोषण र पढाउदै आएको समयमा अचानक छोरी विरामी परेपछि कसरी उपचार गर्ने भन्ने थप चिन्ता वढेको छ । दुलारी साजिलाल माविमा ओभरसियर पहिलो सेमेष्टरमा अध्ययन गरिरहेकी सुमित्रालाई अचानक पेसरले नसा फुटेर टाउकोमा रगत जम्मेपछि यताका धेरै अस्पतालहरुमा लगेपनि उपचार सम्भव नभएको र चिकित्सकले भारत लैजानु भनेका कारण खर्च अभावमा घरमै राखेर हेरचाह मात्र गर्दै आएको अम्बिका सुनाउछिन ।
कमाइ गर्न गएका पतिको उतै विदेशमा निधन भएको र जेष्ठी छोरीको पनि निधनका कारण दुखि वन्दै आएकी अम्बिकालाई अचानक कान्छी छोरी पनि विरामी भएपछि कसरी उपचार खर्च जुटाउने भन्ने चिन्ताले समेत सताउने गरेको छ ।
अम्बिका भाडा बस्ने घरका घरधनी चुडामणी रेग्मी पनि अम्बिकाको आर्थिक अवस्था कम्जोर रहेका कारण आफुहरुले समेत सहयोग गर्दै आएको र अरु सहयोग मनहरुलाई समेत सुमित्राको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दछन ।
सुमित्रा लडेर अचेत भएपछि इटहरी , विराटनगरका केही स्वास्थ्य संस्थाहरुमा उपचारका लागि लगेपनि चिकित्सकहरुले उनको टाउकोमा रगत जमिसकेकाले भारतको सुविधा सम्पन्न अस्पताल लैजान भनेका कारण आर्थिक अवस्था कम्जोर रहेको भट्ट परिवार सहयोगीहरुका आशमा रहेका छन ।
सम्पर्क नम्बर आमा अम्बिका भट्ट 9827319561
सहयोग गर्न इच्छुक महान दाताहरूलाई निम्न खातामा सहयोग रकम रकमान्तर(Transfer) गरिदिनुहुन हार्दिक अनुरोध छ:-
खातावालाको नाम: Utsab Bhatta
मोबाइल नं:9862159246
Bank: Sunrise Bank
Account No: 0260683813205001
अामा को फो 9827319561
अन्य 9841930277,9815976793,
Comments