Skip to main content
युएईको जेलमा रहनु भएको सम्पुर्ण नेपाली लाई स्वदेश फिर्ता गराउने दुर्गा प्रसाईं को पहल

सागर चम्लागाई:मोरङ=युएईको जेलमा रहनुभएका नेपालीहरूलाई आम माफी गराउने कामका लागि म दुर्गा प्रसाईं , भीम मल्ल र प्रमिश गिरी आज दुबई प्रस्थान गर्दैछौ । यसकामका लागि यसअघि पनि त्यहाँका राजकुमारसँग हामीले कुराकानी
गरिसकेका छौ यस पटकको राजकुमारसँगको अर्को भेटले हाम्रो अभियानले एक कदम अवश्य गति लिनेछ भन्ने विश्वास लिएका छौं । रोजगारीको लागि दुबई पुगी स - साना कारणले जेलमा रहनुभएका निर्दोष
नेपालीहरूको नारकीय जीवन अन्त्य गर्ने हाम्रो यो अभियानमा श्री पशुपतीनाथले हामी सबैलाई शक्ति प्रदान गरुन । हाम्रो यो अभियानमा आम नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुको साथ सहयोग , समर्थन , हौसला र आर्शिवाद पनि सधैं
सधैं नै रहिरहने विश्वास लिएको छु
Comments