जनगणतन्त्रको तयारी गरौँ आसन्न संसदीय निर्वाचनको बहिष्कार गरौँ

सागर मणि चम्लागाई :बिराटनगर जनगणतन्त्रको तयारी गरौँ आसन्न संसदीय निर्वाचनको बहिष्कार गरौँ

भन्ने नारा को साथमा बिराटनगर  कार्यक्रम सम्पन्न भएको छ 



गठबन्धन सरकार र निर्वाचन आयोगमकामका विद्यमान संसदीय व्यवस्थाको संघीय र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय सार्वजनिक गरेका छन् । बेरोजगार , बाटाबाद , व्याधि , राष्ट्रघात , जनघात जस्ता विकराल समस्या केलिरहेका नेपाली जनतामाथि कथित स्थानीय निर्वाचनको रोइलो सकिएको केहि महिनामै अर्को रोइलो थपिएको छ । कान्तिकारी शक्तिहरु र जनतालाई खारी मतलबको विषय नभएपनि यो निर्वाचनलाई के गर्ने भन्ने विषयवार निर्णय गर्ने पर्ने अवस्था आइपरेको छ । यसका साथै यो निर्वाचनलाई गर्दा ठिक हुन्छ कि उपयोग गर्दा भन्ने बहस पनि चलिरहेको सन्दर्भमा हाम्रो पार्टीको विचार र योजनालाई जनता समक्ष प्रस्तुत गर्न प्रयत्न गरेका छौं । बहिष्कार पहिलो , नेपालमा बौद्धिक समुदायमा एउटा बहस चलेको छ नेपालमा व्यवस्था बदलियो तर अवस्था बदलिएन । किन ? यो अर्धसत्य मात्र , हो , पुर्ण सत्य होइन । अवस्था नबदलिएको करा सत्य हो । तर संघर्षको नेतृत्व पंक्तिले आमूल परिवर्तनको एजेण्डा माथि सधै विश्वासघात र धोका दिएको हुनाले व्यवस्था नै पुर्ण रुपमा बदलिन सकेको छैन । त्यो कार्यभार पुरा गर्न बाँकी नै छ । दोस्रो , नेपालमा अहिले जुन व्यवस्था कायम छ , त्यो संसदीय व्यवस्था नै भएको तथ्यमा कुनै शंका छैन । फरक यति हो कि पहिलो राजतन्त्रात्मक संसदीय व्यवस्था थियो , तर अहिले गणतन्त्रात्मक व्यवस्था छ । संसदीय व्यवस्थाले नेपाली समाजमा परिवर्तन ल्याउन नसकेको र यथास्थितिमै रुमलिएको तथ्य जगजायर नै छ । तेस्रो , वर्गिय रुपमा यो प्रतिक्रियावादी दलाल , नोकरशाही पुँजीपति र सामन्त वर्गको हितमा काम गर्ने व्यवस्था हो । यसबाट राष्ट्र र जनताको पक्षमा काम हुने संभावना छैन । चौथो , विद्यमान गणतन्त्रात्मक संसदीय व्यवस्थाको सर्वोच्च निकाय संसदले राष्ट्रघाती अमेरिकी परियोजना एम.सी.सी , अर्को राष्ट्रघाती


नागरिकता सम्बन्धी विद्येयक , कैयौं जनघाती निर्णयहरु गरेर संसद राष्ट्रघात र जनघात गर्ने औजारका रुपमा स्थापित भएको छ । पाचौ विद्यमान संसदमा भएका फरक र भिन्न विचार राख्ने राजनीतिक दलहरु पंजीवादी गणतन्त्रमा हुने प्रतिस्पर्धाका आधारमा चुनाव लड्ने र सरकार निर्माण गर्ने नीतिका विपरित अर्कै ध्रुवका देखिने दलहरु आपसमा गठबन्धन बनाएर चुनावमा जाने सरकार बनाएर वाडिचुडी खाने नीतिमा लागेका छन् । पुँजीवादी लोकतन्त्रका लागि पनि नसुहाउने काले - काले मिलेर खाऔं भाले भन्ने नीति लागु गरिरहेका छन् । छैटौं , यो व्यवस्थाका तीनै वटा अंगहरु कार्यपालिका व्यवस्थापिका र न्यायपालिका असफल भैसकेको कुरा संसदवादी दलका कैयौँ नेताहरुले नै पनि बताउने गरेका छन् , जुन कुरा सत्य हो । सातौँ सदा भै , प्रस्तावित निर्वाचनहरुमा जित र हार लोकप्रियताका आधारमा हुने संभावना छैन । अधिकांश उम्मेदवारहरु - अकुत सम्पति कमाएका तस्करहरु , विचौलियाहरु , भ्रष्टचारीहरु , ठूला ठेक्दारहरु नै हुनेछन् । कालो धनको खोलो बगाउने , गुण्डागर्दी , आतंक मच्चाउने आदी काम गरेर मतदातालाई त्रसित बनाएर बुथ कब्जा गर्ने जस्ता हतकन्डाको अत्याधिक प्रयोग हुनेछ । आठौं नेपालीले यी संसदीय पार्टी र यसका नेताहरु प्रति घृणा गरिरहेका अभिव्यक्ति जतासुकै सुन्न र पढ्न पाइन्छ । कथित स्वतन्त्र उम्मेदवारहरुको ओइरो लाग्नुले यसैको संकेत गर्दछ । नवौं , जनताको एउटा अग्रगामी हिस्सा संसदीय पार्टीहरु र तिनका नेताहरुको मात्र होइन , यो व्यवस्था के विकल्पको खोजिमा छन् । जान्छ । यसथ अहिलेको अवस्थामा यो संसदको निर्वाचनमा भाग लिनुको कुनै औचित्य छैन । यतिखेर निर्वाचनमा कुनै पनि किसिमले भाग लिनु यो व्यवस्थाको कुनै न कुनै किसिमले आयु लम्ब्याउन मद्दत पुयाउन नै निष्कृय बहिष्कार आत्मघाती हुन्छ । त्यसैले आसन्न निर्वाचनलाई सक्रिय रुपमा बहिष्कार गरि यसको विकल्पका रुपमा संघीय जनगणतन्त्र स्थापना गर्ने कार्यमा अगाडि बढ्न सबै वामपन्थी , देशभक्त , प्रगतिशिल , जन गणतन्त्रवादीहरुलाई आह्वान गर्दछौं ।


 केन्द्रीय कार्यालय नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी )

Comments