साइवर ब्यूरो भोटाहिटीको अनुरोध

साइवर ब्यूरो भोटाहिटीको अनुरोध “ भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्ति

हरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला , आँखा लगायतका शरी



रका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको " भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका त

स्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी / सूचना प्राप्त भएको छैन तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौँ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन समेत सबैमा अनुरोध गर्दछौँ । साथै सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन , कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा समेत जानकारी गराउँदछौ । उप - निर्देशक ( पशुपति कुमार राय ) प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नम्बर ९ ८५१२८६७७२ मिति : २०७

Comments