सुकुना माविको तीन तलामाथिबाट खसेर छात्रा घाइते

सुकुना माविको तीन तलामाथिबाट खसेर छात्रा घाइते  मोरङको सुन्दरहरैंचा नगरपालिका -१० स्थित सुकुना 


माध्यमिक विद्यालयको तीन तलामाथिबाट खसेर ( बुधबा र ) बिहान एक जना छात्रा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी रहेकी छन् । सप्तरीको बोदेवरसाइन गाउँपालिका –३ घर भएकी उनी सुन्दरहरैंचा –१२ का भोला खतिवडाको घरमा डेरा बस्थिन् । विद्यालय भवनको तीन तलामाथिबाट खसेर घाइते भएको जानकारी प्रहरीलाई बिहान ८ बजेतिर विद्यालयले दिएको थियो । विद्यालयले भने युनिका आफैँले हामफालेको जानकारी प्रहरीलाई दिएको हो । घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । छात्रा आफैँले हामफालेको हो कि अचानक घटना भएको हो भनेर अनुसन्धानपछि यकिन हुने जानकारी प्रहरीले दिएको छ ।

Comments