काठमाडाैंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।

काठमाडाैं ।  काठमाडाैंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।



यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ।

बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो। टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले काठमाडाैंमा हैजा फैलन सक्ने जोखिम बढेको बताउनुभयाे।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ। भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ।

संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ। तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण भएकाे डा पुनकाे भनाइ छ ।

Comments