पत्रकार सागर चम्लागाई को अनुरोध

हाल मन्सुन सक्रिय भएको कारण ले गर्दा देशमा बाढी पहिरो जान्ने भएको कारण ले गर्दा धेरै धन जनको क्षेति हुने भएको छ  

बाढी r पहिरो बाट कसरी जोगिने 
1 सके सम्म बाढी र पहिरो जान्ने ठाउँमा नजाने 


2अती आवश्यक बस्तु हरु आफू संगै राख्ने 


3यदि बाढी र पहिरो गए मा त्यस् ठाउँ बाट टाढा जाने 


4बाढी पहिरो बाट जोगिन विशेष ध्यान दिने 

5बाल बच्चा लाई पानी भएको छेउ छाउमा जान्न न दिने 

6बाढी ले बगाएको दाउरा टिपन नजाने 

7बाढी र पहिरो को बारेमा आधारभूत तालीम दिने 


माथि उल्लेखित सूचना एवम् जानकारी लाई ध्यान मा राखेमा बाढी र पहिरो बाट जोगिन सकिन्छ 





पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् ।

बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :

वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन ।

गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन ।

बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन ।

बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।

मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।

यी त भए तराइ तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरु ।

पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ त्यसका लागि अग्रीम सर्तकता अपनाउन सकिन्छ । यी हुन् पहिरोबाट बच्ने उपायहरुः

ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

एक पटक पहिरो गएको स्थानमा पुनः बसोवास गर्नु हुदैँन ।

पहिरोले घर बगाउँदा भौतिक सँगै मानवीय क्षति पनि हुने भएकाले २४ औँ घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नुहुदैँन ।

पहाडका धेरै स्थानमा प्रायजसो रातीको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समुहमा बस्ने र समुहमा बस्दा एकअर्कालाइ सहयोग मिल्ने हुन्छ ।

सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ । यसले उद्धार सँगै राहत विरणमा समेत सघाउ पुर्या‍उँछ ।

Comments