मोरङमा यात्रुवाहक बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका छन्।

मोरङमा यात्रुवाहक बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका छन्।



  
आज मंगलबार विराटनगरबाट मोरङको रंगेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका हुन् ।

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा घटना भएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सबै घाइतेको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट चालकले बसमा अचानक ब्रेक लगाउँदा एक व्यक्तिले प्लाष्टिकको बोतलमा बोकेको एसिड बसमा पोखिएको खुलेको छ ।

घटनापछि एसिड बोकेर यात्रा गर्ने व्यक्ति फरार बनेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




Comments