Skip to main content
गजल
भरौँ भने उनको दिल खाली छ कि छैन
सुकुमोल ओठमा प्यारको लाली छ कि छैन
धेरै छन् रे मायाको जाल फिजाउने
भेटौँ भने आज मेरो पाली छ कि छैन
सबलाई छोडी उनी मलाई भेट्नै आए पनि
मायाको कसम खाने देउराली छ कि छैन
चुइराछ यौवन बर्षादको झरी सरी

पोखिने पो होकि दिलमा आली छ कि छैन
उनैलाई सम्झी सम्झी गजल म लेखी राछु
थाहा छैन साथ दिने ताली छ कि छैन !!
जनक न्यौपाने , रोङ गाउँपालीका २ इलाम
Comments