पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान को कार्यालय नगर प्रमुख र उपप्रमुख द्वारा उद्घाटन
: नारायण 
नगरपालिका पुरानो बजार स्थित पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान को कार्यालय आज एक कार्यक्रम का बिच उद्घाटन भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान कार्यक्रम का बिच उक्त उद्घाटन भएको कार्यालय २०७६ सालमा दर्ता भएको हो ।
जसको अध्यक्ष लोकेश गिरी , सचिव शिवराज सारु , उपाध्यक्ष पुर्ण बुढा ,
कोषाध्यक्ष गोमा थापा ,सहसचिव प्रकाश शाही, सदस्यमा पुष्कर खड्का ,
कल्पना कुमारी शाही ,अञ्जली श्रेष्ठ , ममता सुनार, महेन्द्र ब. सिंह , सन्जिता सुनार , भावना थापा, हिम ब.बस्नेत सल्लाहकार नारायण नगरपालिका वडा नं १, का पुर्व वडा सदस्य रमेश केसि रहनु भएको छ ।
यश संस्थाले स्थापना कालदेखि हालसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम, बाल बिवाहा सम्बन्धि सडक नाटक, सरसफाइ अभियान , पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार का लागि भिडियो डकुमेन्ट्री गराउदै आएको छ ।
उक्त कार्यक्रम मा प्रमुख अतिथिमा नारायण नगरपालिका दैलेखका नवनिर्वाचित नगर प्रमुख लोमन शर्मा ,विशेष अतिथिमा उपप्रमुख तप्ता कुमारी थापा र अतिथिमा निभिन्न संघ संस्थाका कर्मचारी राजनीति दलका प्रमुख एवम् प्रतिनिधि साथै वडा नं १ देखि ११ सम्मका वडा अध्यक्ष वडा सदस्यहरु रहनु भएको थियो ।
कार्यक्रम मा बोल्नुहँदै नगर प्रमुखले यश प्रतिष्ठान ले जुन काम गरिरहेको छ त्यो निकै सरणिय भएको र यश संस्थामा जुन युवा नेत्रित्व छ त्यसले पनि संथालाई अगाडि बढ्न निकै हौसला हुने , आफुले आफ्नो ठाँउबाट गर्नुपर्ने सम्पुर्ण कामहरु गर्ने र जिल्लाकै नमुना नगरपालिका बनाउने कुरा बताउनु भएको छ ।
Comments