आज मिति 2079 साल 1 को महिनक 18 गतेका दिन श्री साजिलाल मा वि मा अन्तरास्ट्रिय मजदुर दिवस को अवसण मा जिल्ला कमेटी निर्वाचन भन्डाफोर प्रचार प्रसारण बिभाग मातहत मा पुजी पति दलाल भ्रष्टाचारी निर्वाचन प्रणाली भन्डाफोर प्रचार प्रसार सम्बन्धि प्रशिक्षण तथा पाटी सदस्यता कर्डा बितरण कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रम मा पाटी केन्द्रिय सदस्य तथा वाइसीएल नेपाल प्रदेश नम्बर 1का अर्जुन लामा र पाटी प्रदेश सदस्य तथा वाइसीएल नेपाल उपाध्यक्ष सङघस राई तथा देश भक्त विद्यार्थी महासङ नेपाल का सम्पुर्ण सदस्य हरु सक्रिय सदस्यता मा उक्त कार्यक्रम सब्य तथा भब्य ढङ्गले सम्पन्न भयो
1आदरणीय दाजु :भाई तथा दिदी
बहिनीहरू हाम्रो देश नेपाल दक्षिण एशियाकै सबैभन्दा पुरानो स्वतन्त्र , सार्वभौम , स्वाधीन मुलुक हो । विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तन पछि देशमा परिवर्तन होला , सबै प्रकारको बिभेद र उत्पिडनको अन्तय भई सारा नेपालीहरु बिच राष्ट्रिय एकता होला र बन्धुभाव कायम भई देश समृद्धिको यात्रामा अगाडि बदला भनेर सबै नेपालीको अपेक्षा थियो । तर , हाम्रो देशले अगिकार गरेको दलाल पुँजिबादी निर्वाचन प्रणालिको कारण नेपाली जनताको अपेक्षा विपरित दिन दुगुना रात चौगुणा हाम्रो देश आज अभाव , उत्पिडन , फुट , भ्रष्टाचार , राष्ट्रघात , वैदेशिक हस्तक्षेप , बेरोजगारी , यूवा पलायन , व्यापारघाटा , परनिर्भरता जस्ता एक पछि अर्को बेथितिमा झन झन फस्दै गइरहेको छ । पुँजिबादि निर्वाचन प्रणालि पुजिपतिहरुको हित , रक्षा र तिनीहरुको पुँजिको बिकास गरिदिने साधन मात्र हो । पुँजिबाद मानव जिवन भन्दा पुँजि प्रधान हुने व्यवस्था हो । पुँजिबादमा जनताको हित र भावना भन्दा पुँजिपतिहरूको मूनाफा बढी महत्वपूर्ण हुन्छ । राष्ट्रियताको सन्दर्भमा पनि राष्ट्रियहित भन्दा शक्ति राष्ट्रहरूको दलाली प्राथमिकतामा पर्दछ । तसर्थ पुँजिबादि निर्वाचन प्रणालि को बिकल्प खोजेर मात्र यसबाट छुटकारा पाउन सकिन्छ । राजनीति एउटा बिशुद्ध सामाजिक सेवा हो । यसमा राज्य संचालनका लागि सेवाको भावले मानिसहरू नेतृत्व लिई राज्यका निति बनाउछन् । तर पुँजिबादि निर्वाचन प्रणालि को दुष्परिणाम राजनीति पनि अब व्यवसायमा परिणत भएको छ । निर्वाचन जित्न अधिक्तम पुँजि लगानी गर्ने र निर्वाचन जिती सकेपछि त्यसको शुद्ध - ब्याज सहित कमिसन लिएर असुल उपर गर्ने प्रणाली को बिकास भई भ्रष्टाचार बढाउने यो प्रणालीमा भाग लिनुको सट्टा यसको भण्डाफोर गरी सही बिकल्प खोज्न जरुरी देखिन्छ । हाम्रो देशले अगिकार गरेको पुँजिबादी ब्यवस्था लाई
निर्वाचनमा भोट हालियो तर जनताले के पाए ? र जित्नेले के गरे ? कर छलीमा एनसेललाई सघाए , वाइडबडी बिमानबाट अरबौं कुम्ल्याए , बालुवाटारको सरकारी जग्गा हड्पे , निर्मलाको बलत्कारीलाई पैसाको
3बलमा संरक्षण गरे , ३३ किलो सुन काण्डको तस्करहरूसंग साठगाठमा बसे , विभिन्न सरकारी र सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग गरेर आफ्नो स्वार्थ अनुसारको व्यवसायिक कम्पनीलाई पोसे , नितिगत बेथिति चलाए , कोशी बेचे , गण्डक बेचे , अरुण बेचे , माहाकाली बेचे , कर्णाली बेचे यि सबै यिनै पुराना संसदीय पार्टीहरु कांग्रेस , एमाले , एकिकृत समाजबादीका नेताहरुले बेचेको होइन ? यदि फेरि यिनैलाई भोट दिएर जिताएर सत्ता सुम्पिने हो भन्ने , फेरि पनि एमसिसि जस्ता थुप्रै राष्ट्रघाती सम्झौता गरेर निहित स्वार्थको लागि अब देश पनि बेच्न बेर छैन । अर्थतन्त्र चौपट छ । मानव विकास सुचाङक उल्टो दिशातिर गईरहेको छ । बहुसंख्यक जनता चरम संकटमा छन् । त्यही मुठ्ठीभर मानिसहरू मालामाल छन । तिनीहरूले नै जानिजानी यो व्यवस्था लाई टिकाईरहेका छन । भोकाहरू लाई बिषादी युक्त सडेको खाधान्न महंगोमा बेच्ने , स्कुलमा बिधार्थीहरुलाई लुट्ने , अस्पतालमा बिरामीलाई लुट्ने , कार्यस्थलमा श्रमिक लाई लुट्ने , बारीमा किसानलाई लुटने , खोला नाला , बनजंगल , डांडा - काडा , सार्वजनिक र सरकारी सम्पत्ति खरिदेर निजी मुनाफाको लागि व्यपार गर्न पाईने , यो सबै यही दलाल निर्वाचन प्रणालिको दुष्परिणाम हो । यो पुँजीबादी निर्वाचन प्रणालि यस्तो प्रणाली हो जस्मा मानिसले भाग लिएपछि क्रपट , भ्रष्ट र दलाल बन्छ । यो प्रणाली ईमान्दार मानिसलाई पनि बेईमान बनाउने प्रणालि हो । त्यसकारण हाम्रो गौरवशाली पार्टी मा.क.पा. नेपाल ले यस प्रणालीलाई दलाल पुँजीबादी निर्वाचन प्रणालि ठहर गरेको छ । यहाँ सम्म कि भ्रष्टाचार लाई बढाउने यही पुँजीबादी निर्वाचन प्रणालिको खराबी बिरुद्ध उठेको जनयुद्धको मूल नेतृत्व प्रचण्डले पनि यही दलाल पुँजीवादी निर्वाचन प्रणालिमा भाग लिएको कारण उनी ' चुनाव जितेपछी जनयुद्धको मर्मलाई बिर्से , शहिदहरुको सपना भुले , आफ्ना क्रान्तिकारी आदर्श र उदेश्य त्यागे , सत्ता र सम्पत्ति को अगाडी घुडा टेके , यही दलाल पुजीवादी निर्वाचन प्रणालिमा भाग लिएर अभिजात वर्गमा परिणत भए ।
त्यसकारण १० बर्षको माहान जनयुद्ध , १७ हजारको बलिदानी , हजारौं- हजार बेपत्ता , करोडौं नागरिकको आसु , पसिना र रगतको मूल्यबाट लेखिएको संविधानको मर्म र भावनालाई आत्मसात गरी शहिदहरुको सपना साकार पार्न नयाँ संकल्प सहित संविधान सभाबाट समाजबाद प्रति प्रतिबद्धता सहित जारी भएको संविधानको मर्मलाई दृढतापूर्वक कार्यन्वयन गर्नको लागि , समाजबादी निर्वाचन प्रणालीको आधारमा श्रमिकबर्ग , जाति , क्षेत्र , महिला र देशभक्त पुँजीपतिको संयुक्त राज्य सत्ता , जसलाई समाजबादी लोकतन्त्र भनिन्छ , नेपालमा दलित , मधेसी मुस्लीम , आदिवासी जनजाति , र खस आर्यको सामुदायिक चक्रिय प्रणालीमा देशको कार्यकारी प्रमुख चुन्ने शासकीय ब्यवस्थाले मात्र सम्पुर्ण साझेदारीको स्वाधीन र समृद्ध नेपाल सम्भव हुनेछ । तसर्थ हाम्रो पार्टी मा . क . पा . नेपाल बर्तमान पुँजिबादि निर्वाचन प्रणालीलाई दलाल निर्वाचन प्रणालि र बर्तमान निर्वाचन लाई भ्रष्ट निर्वाचन घोषणा गर्दै तिनै तहको निर्वाचनको भण्डाफोरको अपिल गर्दछ । साथै , बर्तमान दलाल पुँजीवादी निर्वाचन प्रणालि खारेज गरी संविधानको पुनर्लेखन गर्न र समाजवादी निर्वाचन प्रणालि लागु गर्नको लागि समाजबादी क्रान्ति सम्पन्न गर्न माहान जन - विद्रोह को दिशामा अग्रसर हुन सम्पूर्ण देशबासी समक्ष जोडदार अपिल गर्दछौं । क्रान्तिकारी अभिवादन सहित । माओवादी कम्युनिष्ट पार्टी नेपाल ( माकपा नेपाल ) केन्द्रिय समिति
🤗
दलाल पुँजीवादी निर्वाचन प्रणाली खारेज गर्नको लागी । 133 संविधानको पुनर्लेखन गरी समाजवाद उन्मुख राज्यलाई समाजवादी लोकतन्त्रमा बदल्नको लागी । दलित , मधेशी - मुस्लीम , आदीवासी जनजाती तथा खस - आर्यहरुको चक्रिय प्रणालीमा कार्यकारी प्रमुख चुन्नीने शासकिय व्यवस्थाको लागी । प्रतिनिधी सभामा किसान , मजदुर तथा देशभक्त पूँजीपतिको जनसंख्याको पुर्णसमानुपातमा समाजवादी निर्वाचन प्रणाली सुनिश्चित गर्नको लागी । " राष्ट्रियता , सुशासन , स्वाधीन , समृद्ध र साझेदारीको नेपाल निर्माणको लागी I सम्पूर्ण नागरिकको लागी गास , वास , कपास , शिक्षा , स्वास्थ्य तथा रोजगारको पुर्ण ग्यारान्टी गर्नको लागी । सबै वर्तमान तथा भु.पु. उच्च पदस्त कर्मचारी तथा नेताहरुको सम्पती छानविन गरी राष्ट्रियकरण र देशलाई भ्रष्टचार मुक्त पार्नको लागी । एम.सी.सी. लगायत , राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्नको लागी । 137 ७० % बजेट सहित शिक्षा , स्वास्थ्य , रोजगारी , अवास र खाध्य अधिकार कार्यन्वयन दायित्व स्थानीय सरकारमा हस्तानतरण गर्नको लागी । RSS सुकुम्वासी नागरिकलाई आधुनिक आवास तथा सम्मानित रोजगारी दिलाउनको लागी । बढ्दो • महङगी नियन्त्रण गरी विपन्न वर्गलाई सहुलियत दरमा उपभोग्य वस्त बाहाल गराउनको लागी । डिएपि , यूरिया , पोटास जस्ता रसाईनिक मलको कारखाना खोली किसानलाई सहुलियत दरमा मल , बिउँ तथा कृषि अनुदान उपल्बध गराउने व्यवस्थाको लागी । पहिचान तथा आत्मानिर्णयको अधिकार सहित दस गण राज्य पुनस्थापना सहित पूर्ण लोकतन्त्र प्राप्तिको लागी । माओवादी कम्यूनिष्ट पार्टी नेपाल केन्द्रीय समिति ,
संरक्षक
गोपाल किराँती
Comments