समुहमा रहेका कैदी बन्दी समूहबिच बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन् । बुधबार दिउसो कारागारको ‘ बी ब्लक ' मा रहेका कैदी बन्दी समूह बिच झडप हुँदा ५ कैदी गम्भिर घाइते भएको जेल प्रशासनले बताएको छ । घाइते भएका २५ जना कैदीमध्ये ५ जनालाई गम्भीर चोट लागेकाले अस्पताल भर्ना गरिएको कारागारका जेलर प्रदीप शाहले बताएका छन् । कारागारमा चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा दुई समूहबिच झडप भएको र सोही झडपमा परी गम्भीर चोट लागेका ५ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र बाँकी २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको जेलर शाहले जानकारी दिएका छन् । झुम्का कारागारमा रहेका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ अन्य कारागारमा सरुवा गरेपछि कैदि बन्दिले कारागारलाई अशान्त बनाइरहेका थिए ।
Comments