Sagar magarसुनसरीमा आठ वर्षीया बालिका बलात्कृत , छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले गरे आत्महत्या
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
सुनसरीमा आठ वर्षीया बालिका बलात्कृत , छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले गरे आत्महत्या
पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको छ,’ उनले भने, ‘आत्महत्या गर्ने पुरुष केही समयदेखि डिप्रेसनको रोगी पनि हुनुहुन्थ्यो भन्ने खुलेको छ ।’ पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
‘जाहेरी आएसँगै पीडकले सोही दिन आत्मसमर्पण गरेका छन्,’ इलाका प्रहरी कार्यालय पकलीका एक प्रहरीले फोन सम्पर्कमा भने, ‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार आरोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ । पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
Comments