सागर चम्लागाई नारी दिवस को शुभकामना सबै नारी हरु लाई

नारी दिवस को सम्पूर्ण  लाई शुभकामना 

आउनुहोस् आज संसार अनि समाजको कुरा गरौँ, कुरा गरौँ समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्, आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।



आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।


आज संसारले यस अर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिक जसोका समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबिच लुकाइन्छ, दबाइन्छ ।


समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" । तर लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ... सतीले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखौँ सामाजिक सङ्कीर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।


विश्व परिप्रेक्ष्य कुरा गर्दा आमा दिवस या भ्यालेन्टाइन दिवसजस्ता विशेष दिवसहरूमा मानिसहर

Comments