चितवनको माडीस्थित सोमेश्वर माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं . ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछाने पक्राउ परेका छन्

चितवनको माडीस्थित सोमेश्वर माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक



 छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं . ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछाने पक्राउ परेका छन् ।विगत केही समयदेखि लगातार आइरहेका बलात्कारसम्बन्धी समाचारहरूको पृष्ठभूमिमा हाम्रो समाज केही सूचकका हिसाबले कति निकृष्ट रहेछ, त्यो देखिइरहेको छ। साढे तीन वर्षका नानीसमेत गरेर गत आर्थिक वर्षमा १२ सय ४४ महिलाको बलात्कारसम्बन्धी उजुरी परेको सरकारी तथ्याङ्क छ।

सम्भवतः यो विशाल समुद्री हिमशिलाको दृष्टिगोचर टुप्पोजस्तो मात्र होला। किनकि, विद्यमान अनेक संरचनागत सामाजिक र प्रशासनिक व्यवधानहरूले गर्दा बलात्कारमा पर्ने असंख्य महिला र बालिकाहरूले उजुरी गर्न पनि पाएका छैनन् भन्ने अनुमान गर्न सकिन्छ।

सरकारी आँकडा अनुसार विगत केही वर्षमा बलात्कारका घटनाका उजुरी हरेक वर्ष १०% ले बढ्दै गरेको देखिएको छ। यो बलात्कारको दर नै बढेकाले हो वा पीडितहरूको आँट बढेकोले, कम्तीमा उजुरी गर्ने दर बढेकोले हो? त्यो स्पष्ट छैन। यति चर्चा हुँदा पीडकहरूले सजाय पाउने दर बढ्दैछ कि घट्दैछ भन्ने एउटा मुख्य तथ्याङ्क अझै अनुत्तरित नै छ। तर, विगत तीन वर्षको तथ्याङ्कबाट मात्रै पनि के स्पष्ट छ भने सरदरमा हरेक दुई दिनमा कम्तीमा एउटी दस वर्षमुनिकी बालिकाको बलात्कार भइरहेको छ।

Comments