दलित बालिका ले दही चोरेको भन्दै १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
रामेछाप — घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।
मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेका थिए ।
घटनाबारे जानकारी पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । दही चोरेको आरोपसँगै दलित बालिका श्रेष्ठको घरभित्र पसेको हुँदा 'अशुद्ध' भएको भन्दै श्रेष्ठले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घण्टौंसम्म हात पछाडि थाममा बाँधेर राखेका थिए ।
स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।
Comments