रिपोर्टिङ सागर काठमाडौं, १८ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा गठबन्धन सरकारको औपचारिक धारणा पर्खिरहेको बताएका छन् ।
काठमाडौं, १८ माघ । नेकपा एमालेका https://morang television विदेश विभाग प्रमुख डा राजन भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा गठबन्धन सरकारको औपचारिक
धारणा पर्खिरहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भट्टराईले भने, “हामी अहिले पनि के भन्छौं भने वर्तमान ५ दलीय गठबन्धन नेकपा एमालेका विरुद्धमा केपी ओलीलाई हटाउन डिजाइन गरिएको हो । जनताका सवालमा यसको कुनै साझा दृष्टिकोण छैन । एमसीसीबारे परस्पर विरोधी धारणा आइरहेका छन् । एमालेसँग मिलेर जान चाहेको भने कांग्रेसले आफूलाई करेक्सन गरेर देखाउनुपर्यो नि । उसले साझा वा छुट्टाछुट्टै धारणा बनाएपछि हामी आवश्यक निर्णय लिन्छौं ।”
गैर सांसदलाई राखेर चलाउने सभामुखले कानुनको उल्लंघन गर्दा कांग्रेसले किन नबोलेको भनी प्रश्न पनि गरे । उनले भने, “माघ १७ गतेका लागि बोलाइएको संसद् २६ गतेलाई सारियो । सभामुख कहाँबाट चलिरहेका छन् ? हिजो हामीले सभामुखको कुरा भन्दा कांग्रेस के गरिरहेको थियो ?”
डा. भट्टराईले सरकारले गराउने स्थानीय तहको निर्वाचनमा आफ्नो दलको पूर्ण समर्थन र साथ रहने बताए । चुनावमा गठबन्धन नगरी एक्लै जाने पनि उनले औंल्याए ।
महाकाली नदीमा नेपाल र भारतबीच पुल निर्माणको सहमति हुनु राम्रो कुरा भए
को पनि उनले टिप्पणी गरे । डा. भट्टराईले भने, “नेपाल र भारतका बीचमा सहज आवतजावतका लागि पुल निर्माण हुँदा हामीले विरोध जनाउनुपर्ने कुनै कारण छैन ।”
Comments