सागर चम्लागाईकरुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ मोरङ ,
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
करुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ मोरङ , १३ फागुन । मोरङको लेटाङ नगरपालिका ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए । ‘ बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन् , एसपी जिसीले भने , ' अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ । ’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो । श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ । स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।, १३ फागुन । मोरङको लेटाङ नगरपालिका ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ । गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए । ‘ बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन् , एसपी जिसीले भने , ' अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ । ’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो । श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर उत्तरमा पर्दछ । स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।
Comments