केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन्

केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन्



 । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले केएम 

सी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ ।

पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले १३४ बेड थरेर नेपालकै सबैभन्दा ठूलो १६८ बेड क्षमताको आइसीयू सेन्टर सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा. शर्माले जनाएका छन् । उनले भने, ‘अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसीयू सेन्टर भएको छ, अहिले हामीले १६८ बेड क्षमताको आइसीयू सञ्चालमा ल्याएका छौं, नेपालका कुनैपनि निजी वा सरकारी अस्पतालमा यत्रो आइसीयू सेन्टर छैन ।’

केएमसीले यसअघि नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याईसकेको छ । अहिले ६८ बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, २२ बेडको पल्मो आइसीयू, १२ बेडको एमआइसीयू, ११ बेडको एसआइसीयू, १० बेडको पीआइसीयू र ५ बेडको न्यूरो आइसीयू सञ्चालनमा ल्याइएको छ ।

आइसीयू शुल्क पनि नेपालकै सबैभन्दा सस्तो कायम गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले जनाए ।उनले भने, ‘सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आईसीयू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसीयू उपलब्ध गराउँने गरेका छौ ।’ केएमसीले नेपालका अन्य सरकारी अस्पताल र निजी अस्पतालहरु भन्दा पनि सस्तो आइसीयू शुल्क कायम गरेको उनको जिकिर छ । केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ ।

 

Comments